Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पहिरोले थुनिएको तामाकोसी खुलाउने प्रयास जारी, ताल ठूलो बनेकाले सचेत रहन अनुरोध

    पहिरोले थुनिएको तामाकोसी खुलाउने प्रयास जारी, ताल ठूलो बनेकाले सचेत रहन अनुरोध

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2K
    SHARES

    दोलखा । नेपाल तिब्बत सिमानामा भारी वर्षा हुँदा गएको पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ ।

    शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो । पहिरोले रोङसी खोला थुनिएपछि हुनसक्ने क्षतीलाई कम गर्न भन्दै माथिल्लो तामाकोशी आयोजनाले ड्याम खाली गराएको थियो । खोला थुनिपछि फुटेर बाढि आउनसक्ने र त्यसले ठूलो क्षती पुर्याउन सक्ने भन्दै आयोजनाले बाढि रोक्नका लागि ड्याम खालि गराएको जनाएको छ ।



    रोङसी खोला थुनिएर ताल बनेपछि रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् । पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको उनले बताए ।



    धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको घिमिरेले बताए । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको घिमिरेको भनाई छ ।

    आयोजनाको बाँधले प्रतिसेकेन्ड ६ सय घनमिटरको बाढीको बहाव आए ३ सय नदीमा छोडेर ३ सय जलाशयले डेढ घण्टा रोक्न सक्ने र त्यसले क्षती कम गर्ने आयोजनाका प्रकक्ता डा गणेश न्यौपानेले बताए । तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ ।

    चीनको तिङ्ग्री काउन्टीको नेपालसँग सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर शुक्रबार रातिबाट मुख्य सहायक खोला थुनिएको हो । चीनसँग सिमा जोडिएको ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको छ । तामाकोसीमा बाढी आउन सक्ने भन्दै नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले हिजै आग्रह गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार