Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राप्रपाभित्रको विवादमा फसिन् रेखा थापा

    राप्रपाभित्रको विवादमा फसिन् रेखा थापा

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 8.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ एवं अभिनेत्री रेखा थापाले पार्टीको केन्द्रीय विशेष समिति गठनका विषयमा आपत्ति जनाएकी छन् ।

    अभिनेत्री थापाले समितिमा महिलाको उपस्थिति नभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहँदा उनले पनि पार्टीप्रति आपत्ति र असहमति जनाएकी हुन् ।



    शनिबार सामाजिक संजालमा नेतृ रेखाले राप्रपाप्रति प्रश्न गरेकी छन्, उनले भनेकी छिन्, ‘कुन चाहिँ राप्रपाले देश हाक्ने हो ? त्यो राप्रपा जसले देशमा को–को मान्छे बस्छन थाहा पाएको हुन्छ । न्यूनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक वैचारिक नमुना पेश गर्छ, सभ्यताको माग अनुसार इतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ’, उनले लेखेकी छन् ।



    उनले अगाडि लेखेकी छिन्, ‘वा त्यो राप्रपा जो महिलालाई बहिष्करणको नमुना देखाउछ, मजदुर, किसान, श्रमिक र युवासँग डराउछ, विरासतको रुपमा राजनीतिलाई कोठे बनाउछ, बहसमा उत्रिदैन– सम्झौतावादी राजनीति गर्छ, अवैज्ञानिक रुपमा पार्टी सञ्चालन गर्छ, आत्मसुरक्षा भन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रिय मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गर्दछ ।’

    उनको स्टाटस यस्तो छ :-

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार