Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजेन्द्र लिङ्देनविरुद्ध रेखा थापा फायर, भनिन् – आफ्नो सन्तान अमेरिकामा किन राखेको ?

    राजेन्द्र लिङ्देनविरुद्ध रेखा थापा फायर, भनिन् – आफ्नो सन्तान अमेरिकामा किन राखेको ?

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 825
    SHARES

    काठमाडौं । आफ्नो अमेरिका यात्रालाई लिएर टिप्पणी गररेपछि अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रविरुद्ध खनिएकी छन् ।

    राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेकी रेखाले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष लिङ्देनलाई जवाफ फर्काएकी हुन् ।



    रेखाले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’ राप्रपा अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । उनी उच्च शिक्षा अध्ययनका लागि एक वर्षअघि अमेरिका गएकी हुन् ।’



    अध्यक्ष लिङ्देनले हिजो एक सार्वजनिक कार्यक्रममा बोल्दै रेखाप्रति घुमाउरो टिप्पणी गरेका थिए ।

    देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार