Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मोरङ ३ मा एकाएक रेखा थापाको क्रेज बढ्यो , ढकाल र शर्मामाथि चुनौती थपियो

    मोरङ ३ मा एकाएक रेखा थापाको क्रेज बढ्यो , ढकाल र शर्मामाथि चुनौती थपियो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 1.2K
    SHARES

    मोरङ । मोरङ-३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडेकी अभिनेत्री रेखा थापा  पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्माका लागि चुनौती बनेकी छन्।

    राप्रपा नेतृ रेखा थापाका कारण मोरङ ३ मा रोचक प्रतिस्पर्धा हुँदै छ । २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । यसपटक पनि ढकाल एमालेबाट र कांग्रेसबाट शर्मा दोहोरिएका छन् ।



    राप्रपाकी रेखा थापाको नव प्रवेशले चुनावी माहोल बढेको छ । जन्मथलो यही क्षेत्रमा भएकी रेखा थापाले मतदातालाई रिझाउन गरिरहेको प्रयासले शर्मा र ढकालमाथि चुनौती थपिएको छ  ।



    पुराना नेताले आश्वासन मात्रै बाँडेको हुँदा आफू स्थानीय बासिन्दाका माग पूरा गर्ने उद्देश्यले राजनीतिमा आएको  भाषण गर्दै थापाले मत मागिरहेकी छन्। नेतृ थापा गरीब बस्तीमा पुगेर पुगिरहेकीमत मागिरहेकी छन् । उनको आग्रहसँग मतदाता पनि सहमत हुँदै जिताउने बाचा गरिरहेको छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार