Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रेखा थापा स्टारर ‘उपहार’को गीत ‘खाडीमा भेटौंला’ सार्वजनिक

    रेखा थापा स्टारर ‘उपहार’को गीत ‘खाडीमा भेटौंला’ सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 327
    SHARES

    काठमाडौं । रेखा थापा स्टारर फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’को नयाँ गीत ‘खाडीमा भेटौंला’ रिलिज भएको छ ।

    गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । भिडियोमा रेखासहित मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् ।



    ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्म यतिबेला देशभरका हलमा प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको ब्यानरमा बनेको यो मल्टिस्टारर फिल्मले सडक ब्यापारीको कथा पेश गर्छ ।



    फिल्ममा रेखाले चिया पसल व्यवसायीको भूमिका निर्वाह गरेकी छन् ।

    सडकमा ब्यापार गर्न निषेध गर्ने महानगरको कथावस्तु यसमा पेश गरिएको छ । फिल्ममा रेखासहित पूजा शर्मा, बेनिशा हमालको शीर्ष भूमिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार