Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा :

    राष्ट्रपति भण्डारी ओलीकाे मात्र होइन, ३ करोड नेपालीकाे हाे : अधिवक्ता दाहाल

    राष्ट्रपति भण्डारी ओलीकाे मात्र होइन, ३ करोड नेपालीकाे हाे : अधिवक्ता दाहाल

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध र संविधानको धारा ७६(५) अनुुसार सरकार गठन सन्दर्भमा परेमा रिटमाथि बिहीबार पनि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा बुधबारबाट सुनुवाइ सुरु भएको हो ।



    संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस जारी छ ।



    बहसका क्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीमा ओलीमोह देखिएको तर्क गरेका छन्। उनले राष्ट्रपतिले केपी शर्मा ओलीबाहेक अरु प्रधानमन्त्री बन्न पाउँदैनन् भन्ने हिसाबले काम गरेको आरोप लगाए।

    ‘राष्ट्रपतिले गरेकाे कार्य दुराशययुक्त छ। विद्यादेवी भण्डारी ओलीकाे मात्र होइन । ३ करोड नेपालीकाे राष्ट्रपति हाे’, दाहालले भने।

    प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका बहस गर्ने क्रममा उनले महाभारतमा धृतराष्ट्रमा पुत्र माेह देखिएजस्तै राष्ट्रपति भण्डारीमा ओलीमोह देखिएको बताएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार