Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दलित मुक्ति मोर्चाद्वारा शिक्षामन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग

    दलित मुक्ति मोर्चाद्वारा शिक्षामन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चाले संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ ।

    सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत–विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समयमा मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।



    बिहीबार मोर्चाले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको मन्त्रीजस्तो व्यक्तिबाट अख्तियारको चरम दुरुपयोग गर्दै कानुन र न्यायको प्रक्रियामाथि निर्लज्ज हस्तक्षेप गरिएको भन्दै निन्दा एवम् भर्त्सनासमेत गरेको छ । ‘राज्यको जिम्मेवार मन्त्रीबाट नै संविधान र कानुनको धज्जी उडाउँदै छुवाछूत विभेदको संरक्षण गरेको कार्यले सिङ्गो दलित समुदायलाई अपमान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, निज मन्त्रीलाई कारवाही स्वरुप पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार