Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेलम्चीमा फेरि बाढीले तीन तले घर बगायो

    मेलम्चीमा फेरि बाढीले तीन तले घर बगायो

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 2K
    SHARES

    सिन्धुपाल्चोक ।  इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ । मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईका अनुसार अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण बगेको हो ।

    मेलम्ची (११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदी कटानको कारणले ढलेको राईले बताए । अहिलेसम्म मेलम्चीमा कुनै पनि व्यक्तिको घर ढलेको थिएन ।



    प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन् । असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन् । त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन् ।



    वर्षाको कारण नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ ।

    गलातारको बर्षा र पानीको वहाव बढ्न थालेपछि मेलम्चीका स्थानीयमा त्रास छाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार