Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी

    पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 2K
    SHARES

    एजेन्सी । पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ ।

    गएराति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १६१ रनको लक्ष्य वेस्ट इन्डिजले ३० बल अगावै भेट्टायो ।



    वेस्ट इन्डिजका लागि इभिन लेविसले ७१ रनको योगदान गरे भने क्रिस गेलले ३२, आन्द्रे फ्लेट्चरले ३० र आन्द्रे रसेलले २३ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज शामीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो ।



    दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ५६, क्विन्टन डी ककले ३७ रन, टिम्बा बाभुमाले २२ र रिजा हेन्ड्रिक्सले १७ रन बनाए । वेस्ट इन्डिजका फाबियन एलन र ड्वाने ब्राभोले दुई दुई विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार