Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मेलम्चीमा फेरि बाढी आयो

    मेलम्चीमा फेरि बाढी आयो

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 3.4K
    SHARES

    सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएको छ ।

    केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलामा फेरि वहाव बढेपछि त्यहाँका स्थानीयवासीलाई त्रसित बनेका छन् ।



    निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।



    गत असार १ र असार ५ गते आएको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको छ ।

    अझै बाढी आउनसक्ने भएकाकाले तटीय क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा गएर बस्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार