Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवालाई मत दिनु एमालेको कर्तव्य हो, पक्षमा भोट हाल्छौं : रामकुमारी झाँक्री

    प्रधानमन्त्री देउवालाई मत दिनु एमालेको कर्तव्य हो, पक्षमा भोट हाल्छौं : रामकुमारी झाँक्री

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको बरिष्ठ नेता माधवकुमार नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन्।

    सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलापछि प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले आज बस्न लागेको संसद बैठकमा विश्वासको मत लिने भएपछि एमालेको नेपाल समूहकी नेत्री झाँक्रीले यस्तो बताएकी हुन्।



    नेत्री झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामीले ७६(५) को प्रधानमन्त्रीको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ।’



    उनले थप् लेखेकी छिन्, ‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो । सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं । यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’

    यसअघि नेपाल समूहकै अर्का सांसद मेटमणि चौधरीले पनि देउवालाई विश्वासको मत दिने घोषणा गरेका थिए।

    नेपाल समूहका २३ जना सांसद सर्वोच्च अदालत उपस्थित भएर संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेका थिए ।

    संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

    सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार