Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालुवाटार-बालकोटको र्‍याली र बाँदरे जुलुसले कोरोनाको रोपाइँ गर्यो : सांसद विडारी

    बालुवाटार-बालकोटको र्‍याली र बाँदरे जुलुसले कोरोनाको रोपाइँ गर्यो : सांसद विडारी

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले नेकपा एमालेले सडक प्रदर्शनमार्फत् कोरोना भाइरस फैलाउन लागेको आरोप लगाएका छन् ।

    आज राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले एमालेले सडक प्रदर्शनमार्फत गरेको जुलुस र बिरोध कार्यक्रमहरुका कारण कोरोना फैलिन सक्ने बताएका हुन्।



    ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्या छ, सांसद बिडारी त्यतिमा रोकिएनन्,’ कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्‍याली गर्‍या छ।’



    सरकार र एमालेकै नेता माधवकुमार नेपालविरुद्ध अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संगठनले सडक प्रदर्शनलाई तीव्र पारेकोबारेमा आपत्ति जनाउदै उनले यस्तो बताएका हुन्।

    मंगलबार नयाँ बानेश्वरमा ओलीनिकटहरुले पार्टीका वरिष्ठ नेता नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विरोधमा बाँदरजस्तो मुकुण्डो लगाएर प्रदर्शन गरेका थिए ।

    यस्तै,सांसद बिडारीले प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतले गरेको फैसला विश्वकै नमुना रहेको र नेपालको नजिर विश्वका लागि अब उदाहरणीय बन्ने समेत दाबी गरेका छन्।

    उनले भने, ‘अहिलेको अदालतले गरेको व्याख्या संसारकै नमुना छ। हिजो बेलायत, भारत, अमेरिका, पाकिस्तानका नजिर हामीले पढ्थ्यौं। अब बेलायतले नेपालको नजिर पढ्दैछ।  विश्वका अरु देशले यसलाई नमुना बनाउँछन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार