Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अबैध भारतीय रुपैयासहित दुई जना भारतीय नागरिक पक्राउ

    अबैध भारतीय रुपैयासहित दुई जना भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 1.8K
    SHARES

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित पक्राउ गरेको हो ।



    शुक्रबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख, भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान  र १ को ४ थान सहित उनीहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार