Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • धन कमाउन परदेशिएका फर्केनन् जिउँदो, एकैदिन मलेसियाबाट ल्याइयो २७ जनाको शव

    धन कमाउन परदेशिएका फर्केनन् जिउँदो, एकैदिन मलेसियाबाट ल्याइयो २७ जनाको शव

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । धन कमाउन भन्दै परिवार र देश छाडेर विदेशिएका २७ जना नेपाली शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जनामध्ये २४ जनाको शव र ३ जनाको अस्तु नेपाल ल्याइएको हो । परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको हो।

    मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएकाले आज बल्ल शव नेपाल पठाइएको हो । लामो समयसम्म सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले मलेसियामा मृतक कामदारको शव ल्याउन सकिएको थिएन ।



    दूतावासका अनुसार मृत्यु हुनेमध्ये अधिकांशले आत्महत्या गरेका थिए । त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र क्रोनिक रोगहरुबाट मृत्यु भएको थियो । यी शवहरुलाई नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडीबनाट ल्याइएको हो ।



    वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ । सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।

    क–कसको शव आयो ?
    बुद्धिराम कामी–सल्यान, मनीराम चौधरी–बर्दिया, कर्णबहादुर बुढाथोकी–बैतडी, सन्दीप विक, प्रमोद विक सुनील बीसी– बाग्लुङ, झापटबहादुर थापा–तनहुँ, दलबहादुर मोक्तान–पाँचथर, कृष्णकुमार राई–ललितपुर, होमबहादुर गुरुङ–सुनसरी, रामचरित्र कानु–बारा, अमरबहादुर माझी–सिन्धुपाल्चोक, लोकबहादुर शाही–दैलेख, रुपेशपुलामी मगर–सिरहा, श्यामु थारु–कपिलवस्तु, सोमरबहादुर तामाङ, दलमान तामाङ–ओखलढुङ्गा, शम्भु विक–झापा, कमलादेवी भण्डारी–मोरङ, लोकबन्धु लावती, गोविन्द बोहरा–झापा, मति तामाङ–नवलपरासी, यमबहादुर सनारी–पाल्पा रहेका छन्। त्यसैगरी अस्तु ल्याइएकाहरुमा मोहनप्रसाद चौधरी–नवलपरासी, नबहादुर विष्ट–डढेलधुरा, रोशनकुमार यादव–सिरहा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार