Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अस्पताल बनाउदै गरेका व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी

    अस्पताल बनाउदै गरेका व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद तथा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्।

    आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी व्यापारी सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको चाबी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।



    राज्यमन्त्रीमा नियुक्त भएका सांसद श्रेष्ठ शिक्षा र स्वास्थ्यका व्यापारीका रुपमा चिनिन्छन् । श्रेष्ठ नेपालकै महँगो मध्येको लिटिल एन्जलस स्कुलका संस्थापक अध्यक्ष हुन् भने उनको काठमाडौँको बालाजुमा अवस्थित जनमैत्री अस्पतालमा समेत ठूलो लगानी रहेको छ।



    यस्तै, विभिन्न कलेजहरु र अस्पतालका क्षेत्रहरुमा नाफामुखी लगानी गरेका सांसद श्रेष्ठ हाल ललितपुरमा एक बुटिक अस्पताल बनाउदै छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार