Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नवनियुक्त स्वास्थ्य राजमन्त्री श्रेष्ठले लिए शपथ

    नवनियुक्त स्वास्थ्य राजमन्त्री श्रेष्ठले लिए शपथ

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन्। नवनियुक्त मन्त्री श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका हुन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रीहरुसमेतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन्। यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो।



    शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो। शपथ समारोह राष्ट्रपति कार्यालयमै हुँदा पनि राज्यमन्त्रीलाई शपथ भने प्रधानमन्त्रीले नै गराउने प्रचलन थियो।



    तर कोरोना महामारीको समय भन्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नु नपर्ने भनी उल्लेख गरेको थियो।यसअघि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग शपथ लिएका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार