Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टोकियो ओलम्पिकमा गौरिका सिंह बाहिरिइन्, आफ्नै कीर्तिमानमा भने सुधार

    टोकियो ओलम्पिकमा गौरिका सिंह बाहिरिइन्, आफ्नै कीर्तिमानमा भने सुधार

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । जापानको टोकियोमा जारी ओलम्पिक २०२०बाट नेपाली पौडी खेलाडी गौरिका सिंह बहिरीएकी छिन् ।

    बुधबार टोकियोस्थित एक्वाटिक्स सेन्टरमा भएको महिला १०० मिटर फ्रिस्टाइलमा भाग लिएकी गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालेपनि अघिल्लो चरणका लागि प्रयाप्त नहुँदा बहिरिएकी हुन् ।



    गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् ।



    तर, गौरिकाले लङ कोर्समा भने आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी छिन् । गौरिकाले सन् २०१९ मा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ००.६२ सेकेण्डको समय निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३ औं सागमा सर्ट कोर्समा भने गौरकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

    सुरुको ५० मिटरमा गौरिका अघि रहेपनि पछिल्लो ५० मिटरमा उनले राम्रो प्रदर्शन गर्न सकिनन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९.७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००.०१ सेकेण्डसहित दोस्रो स्थानमा रहिन् ।

    यस स्पर्धामा कूल ५१ खेलाडीको सहभागिता छ र उत्कृष्ट समय निकाल्ने १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार