Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गौरिका सिंहले ५० मिटर ब्याकस्ट्रोकमा पनि तोडिन् आफ्नै कीर्तिमान

    गौरिका सिंहले ५० मिटर ब्याकस्ट्रोकमा पनि तोडिन् आफ्नै कीर्तिमान

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 462
    SHARES

    काठमाडौं । नेपाली खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। जापानको फुकुओकामा जारी वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा गौरिकाले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

    गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा ००ः३१ः४४ मा पार गर्दै आफ्नै कीर्तिमान तोडेकी हुन्। यसअघि उनले ००ः३१ः८७ मा दूरी पार गरेकी थिइन्।



    यसअघि गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा निर्धारित दूरी ०१ः०६ः८० मा पार गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन्।



    बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा भारतको गुवाहटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार