Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गौरिका सिंहले वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा तोडिन् आफ्नै राष्ट्रिय कीर्तिमान

    गौरिका सिंहले वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा तोडिन् आफ्नै राष्ट्रिय कीर्तिमान

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 531
    SHARES

    काठमाडौं । नेपाली खेलाडी गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएकी छन् ।

    जापानको फुकुओकामा जारीको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३’को एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा ओलम्पियन गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् ।



    उनले निर्धारित दूरी एक मिनेट ०.८० सेकेन्डमा पूरा गरिन् । कुल ६१ खेलाडीको सहभागिता रहेको हिट चरणमा गौरिका ५१ औं स्थानमा रहिन् ।



    उनले सन् २०१६ मा भारतको हुवाहाटी सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा निर्धारित दूरी एक मिनेट ०७.३१ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार