Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गौरिका र एलेक्सजेन्डरले बनाए नयाँ कीर्तिमान

    गौरिका र एलेक्सजेन्डरले बनाए नयाँ कीर्तिमान

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 540
    SHARES

    काठमाडौं । मित्र राष्ट्र कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा जलपरी उपनामले चिनिने गौरिका सिंह र एलेक्सजेन्डर शाहले नयाँ कीर्तिमान बनाएका छन् । दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई पुनर्स्थापित गरेकी हुन् ।

    गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापाजको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको ३१.४४ सेकेन्ड समयमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्डको नयाँ रेकर्ड स्थापित गरेकी हुन् ।



    गौरिकाको यो दोश्रो राष्ट्रिय कीर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।



    त्यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाइरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

    १०० मिटर फ्रिस्टायलमा एलेक्सले ५२.१७ सेकेन्डको समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरका हुन् ।

    यसअघि एलेक्सले जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा ५२.९४ सेकेन्ड समयको राष्ट्रिय रेकर्ड राखेका थिए । अब नेपालको तर्फबाट एलेक्सले ५० मिटर फ्रिस्टायलमा शुक्रबार प्रतिस्पर्धा गर्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार