Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्साबाट कीर्ते नागरिकता बनाउने एक भारतीय महिलासहित दुई पक्राउ

    पर्साबाट कीर्ते नागरिकता बनाउने एक भारतीय महिलासहित दुई पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा जिल्लाको बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र सोही ठाउँ बस्ने भारत घर भएकी २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेल रहेका छन् । उनीहरुलाई बुधबार दिउँसो वीरगंजबाट प्रहरीले पक्राउ गरेको हो।



    भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।



    प्रहरीले पक्राउ परेकी सिताको साथबाट धुरुपप्रसाद पटेलको छोरी कविता कुमारीको नाममा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते जारी भएको नागरिकता प्रमाण पत्र नम्बर ३४-०१-७०-१०३५२ को प्रतिलिपि फेला पारेको छ।

    उनीहरु उपर नागरिकत सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार