Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देउवाकै विश्वाशपात्रले उमेश श्रेष्ठलाई मन्त्री बनाएकोमा बिरोध गरेपछि

    देउवाकै विश्वाशपात्रले उमेश श्रेष्ठलाई मन्त्री बनाएकोमा बिरोध गरेपछि

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरेकोमा विश्वासपात्र महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सन्जालबाट घुमाउरो पाराले बिरोध गरेका छन् । प्रधानमन्त्री देउवाको गुटभित्रै महामन्त्री खड्काले सरकारको निर्णयको बिरोध गरेकोमा आलोचना सुरु भएको छ ।

    प्रधानमन्त्रीले विश्वास गरेर सरकार संचालनसम्बन्धी कार्यदलको संयोजकमा राखेका खड्काले साउन ११ गते स्व.कृष्णप्रसाद भट्टराई आश्रम बाडेगाउँमा पुगेर श्रेष्ठको नियुक्तिको सार्वजनिक रुपमा आलोचना गर्दै सामाजिक संजालमा माफी मागेका थिए ।



    भट्टराईको शालिकमा माल्यार्पण गर्दै गरेको तस्वीर राखेर उनले सामाजिक संजालमा गण्डकी सरकारमा दोबाटे विकलाई मन्त्री बनाउने भनेर नबनाएको बिषय र संघीय सरकारमा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरिएकोमा बिरोध गरेका थिए । देउवाले विमलेन्द्र निधिले साथ छाडेपछि खड्कालाई अति नै विश्वास गरी सरकार र पार्टीको सबै बिषयमा साथसाथै लिएर हिंडेका छन् ।



    सरकार संचालन कार्यदलको संयोजक  खड्काको बारेमा गुटभित्रैबाट  बिरोध भएको छ । विश्वासपात्रले नै राज्यमन्त्री नियुक्तिको बिरोध गरेको भोलिपल्टै प्रधानमन्त्री देउवाले साउन १२ गते बोलाएको कांग्रेस पदाधिकारी बैठक अगाडि करिब १ घन्टा १५ मिनेट महामन्त्री खड्कालाई सम्झाउनुपरेको थियो । स्रोतका अनुसार खड्काले देउवासँग अब आइन्दा यस्तो नगर्ने बाचाबन्धन गरी माफी मागी गरेका थिए ।

    २०७२ मा संविधान जारी हुँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई गालीगलौज गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बोलेको बिषयमा पनि उनी पार्टीभित्रै आलोचित भएका थिए । र, खड्काको द्वैध चरित्रका कारण देउवा समूहका नेताहरु रुष्ट छन् । देउवा गुटका नेताहरु खड्का जस्ता अस्थिर प्रवृत्तिकाा ब्यक्तिलाई साथ लिएर नहिंड्न देउवालाई खबरदारी पनि गरिरहेका छन् । प्रधानमन्त्रीले गरेको निर्णयको सर्बत्र बिरोध भइरहेको छ । यस्तो अवस्थामा बचाउमा उत्रिनुपर्नेमा उल्टै सस्तो लोकप्रियताका लागि आफैंले बिरोध गर्दै सामाजिक संजालमा पोष्ट गर्ने खड्काले मनोनीत महामन्त्री पदमा किन बसेको ? राजीनामा किन नदिएको भन्ने प्रश्न समेत प्रधानमन्त्री देउवाको समूहमा उठेको छ ।

    उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाउन देउवामाथि पारिवारिक दबाब परेको उनैले सत्ता गठबन्धनका नेताहरुसँग गरिसकेका छन् । विपक्षी दलदेखि नागरिक समाजबाट पनि श्रेष्ठको नियुक्तिको बिरोध भइरहेको छ । यस्तो बेलामा देउवाकै विश्वासपात्र खड्काले बिरोध गरेर आगोमा घ्यू थप्ने काम गरेका छन् ।

    खड्काले किसुनजीलाई साक्षी राखी पार्टीको गलत निर्णय गरेकोमा माफी मागेका थिए । उनले सामाजिक संजालमा लेखेका थिए–गण्डकी प्रदेश सरकार र संघीय सरकारको विस्तारमा पार्टीभित्र र कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रुपमा समयमै पाठ सिकी यो ऐतिहासिक अवसरमा हामीले देश एवं आम नागरिकप्रको कर्तब्य पालना गर्न र आशा जागृत गर्न तत्काल सच्चिन र भविष्यमा जनतालाई मन नपर्ने कुनै पनि काम नगर्ने संकल्प समय छँदै गर्न जरुरी छ । हामीबीचबाट जस जसका कारणले यो कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले महामन्त्रीको आम नागरिक र सम्बन्धित सबैसँग क्षमायाचना गर्दछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार