Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्

    टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

    महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् ।



    ओलम्पिक स्टेडियमको ट्रयाकमा बिहान सरस्वतीले निर्धारित दूरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन्। सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् ।



    सन् १९९९ को साग गेम्समा देवीमाया पनेरुले १२ दशमलव २० सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ ।

    टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए । पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन्। पौडीका गौरिका सिंह, एलेक्जेण्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार