Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • श्रीमानको अश्लिल फिल्म प्रकरण :

    मिडियाहरुले मानहानी गरेको भन्दै शिल्पा शेट्टी अदालतमा, २५ करोड क्षतिपूर्ति माग

    मिडियाहरुले मानहानी गरेको भन्दै शिल्पा शेट्टी अदालतमा, २५ करोड क्षतिपूर्ति माग

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । अघिल्लो हप्ता श्रीमान राज कुन्द्रालाई मुम्बई प्रहरीले पक्राउ गरेपछि बलिउड अभिनेत्री शिल्पा शेट्टीका बारेमा लगातार समाचार आइरहेपछि ती समाचारहरुले आफ्नो मानहानी गरेको भन्दै अभिनेत्री शेट्टी त्यसविरुद्द अदालत गएकी छिन् ।

    टाइम्स अफ इन्डियाका अनुसार अभिनेत्री शिल्पाले पछिल्लो समय विभिन्न मिडियामा प्रकाशित समाचार र भिडिओले अफवाह फैलाएको र मानहानी गरेको भन्दै बम्बै हाइकोर्टमा मुद्दा हालेकी हुन्।



    अभिनेत्री शिल्पाका श्रीमान तथा व्यापारी कुन्द्रा अश्लिल फिल्म बनाएको र प्रसारण गरेको आरोपमा पक्राउ परेपछि शिल्पाका बारेमा भारतीय संचार माध्यमहरुले समाचार प्रकाशित गरेका थिए।



    सोही विषयमा आफूलाई जोडेर आधारहीन समाचार र भिडिओ मिडियामा आएकाले तिनलाई हटाउनु पर्ने, सम्बन्धित मिडियाले माफी माग्नुपर्ने र आफूलाई २५ करोड भारु क्षतिपूर्ति दिनु पर्ने भन्दै शिल्पाले मुद्दा हालेकी हुन्।

    श्रीमानमाथि लागेको आरोपमा आफ्नो कुनै संलग्नता नरहेको भए पनि झुठो समाचार आइरहेकाले समाज, प्रशंसक र परिवारमा आफ्नो छवि धुमिलिएको शिल्पाले अदालतमा बयान दिएकी छिन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार