Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुटिङका क्रममा बलिउड अभिनेत्री शिल्पा शेट्टीको खुट्टा भाँचियो

    सुटिङका क्रममा बलिउड अभिनेत्री शिल्पा शेट्टीको खुट्टा भाँचियो

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सुटिङका क्रममा बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते भएकी छन् ।

    वेबसिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङका क्रममा शिल्पाको खुट्टा भाँचिएको हो । शिल्पाले हालै सामाजिक सञ्जालमा तस्बिर राख्दै आफ्नो खुट्टा भाँचिएको जानकारी दिएकी हुन्।



    सामाजिक सञ्जालमा फोटो राख्दै उनले लेखेकी छन्,’रोल, क्यामरा र एक्सन भयो र मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म म कुनै एक्सन गर्न पाउँदिनँ। तर जब फेरि फर्केर आउँछु तब पहिलेभन्दा राम्रो भएर आउँछु। तबसम्मका लागि मलाई प्रार्थनामा सम्झिनुहोला ।’



    शिल्पाको यो फोटो देखेर धेरै प्रशसंकले दुःख व्यक्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार