Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

    स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

    आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन् ।



    राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै आवास, गाडी र तलबभत्ता नलिने र आफू संलग्न सम्पूर्ण व्यवसायमा आवद्ध नहुने पनि बताएका छन् ।



    गत साउन १० गते प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । श्रेष्ठको शिक्षा, स्वास्थ्य, हाइड्रोलगायतका व्यावसायिक संस्थामा ठुलो लगानी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार