Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुत्ने बेला भुलेर पनि नखानुहोस् यी खानेकुरा

    सुत्ने बेला भुलेर पनि नखानुहोस् यी खानेकुरा

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । कतिपय मानिसलाई सुत्ने बेलामा धेरै असहज महसुस गर्छन्। यसको प्रमुख कारण हो, सुत्नु अघि खाइएको खानेकुराहरु। धेरैजसो व्यक्तिहरुलाई बेलुका जंक फुड मात्रै होइन विभिन्न पोशक तत्व भएको हरियो सागशब्जी पनि खानु हुँदैन भन्ने थाहा नहुन सक्छ। सुत्नु अघि हरियो सागशब्जी खाँदा कतिपयलाई असहज महसुस गराउन सक्छ।

    सुत्नुअघि यी खानेकुरा नखानुहोस्



    ब्रोकाउली र बन्दाकोबी:
    एक नयाँ अनुसन्धानअनुसार ब्रोकाउली र बन्दाकोबीमा भरपुर मात्रामा भिटामिन पाइन्छ। तर यसमा हुने अघुलनसिल फाइबरलाई पचाउन निकै समय लाग्ने गर्दछ र असहज महसुस हुन्छ। त्यसैले सुत्नु अघि यी शब्जी खानुहुँदैन।



    चिज:
    चिजको सेवन रातको खानामा गर्नु हुँदैन, किनभने यसमा टायरामाइन र एमिनो एसिड पाइन्छ। यसले पेट दुख्ने र पोल्ने समस्या हुने गर्दछ।

    मदिरा:
    हुन त मदिराको सेवनले राम्रो निन्द्रा लाग्छ भनिन्छ, तर यसले शरीरमा नकारात्मक असर गर्दछ र बिस्तारै बिस्तारै निन्द्रा नलाग्ने समस्या सुरु हुन थाल्छ।

    कफी:
    कफी पिउनु मानिसको बानी मात्र नभई एक किसिमको नशा पनि हुन्छ। कफीमा क्याफिन नामक तत्व पाइन्छ, जसले निन्द्रमा नकारात्मक प्रभाव पर्ने गर्दछ। सुत्नु अघि कफीको सेवनले मानिसलाई धेरै बेर निन्द्रा नलाग्न सक्छ र शरीरको सिस्टम नै बिग्रिन सक्छ।

    डार्क चकलेट:
    डार्क चकलेटमा क्याफिन र एमिनो एसिड दुवै पाइन्छ। जसले शरीरलाई निकै ऊर्जा दिने हुनाले डार्क चकलेट्को सेवन दिउँसो मात्र गरेको राम्रो हुन्छ।

    सुन्तलाको जूस:
    सुन्तलाको जुस शरीरका लागि निकै नै फाइदाजनक हुने गर्दछ। बिहान ब्रेकफास्टमा पिउँदा भरपुर ऊर्जा मिल्ने गर्दछ। तर सुत्नु अघि यसको सेवनले निन्द्रा नलाग्ने समस्या निम्त्याउन सक्छ।

    रातो मासु:
    रातो मासुमा अत्यधिक प्रोटिन पाइन्छ, जुन बेलुका मानव शरीरलाई पचाउन निकै बेर लाग्छ। जसले सुत्ने बेला अप्ठ्यारो हुनुका साथै निन्द्र नलाग्ने समस्या हुन थाल्छ।

    टमाटरको सस:
    टमाटरको सस प्रायजसो मानिसले निकै रुचाउने गर्दछन्। यसमा धेरै मात्रामा एसिडिटी भएको कारण खाएपछि कहिले काहीँ अपच हुने र छाती पोल्ने समस्या हुन सक्छ। डाइटिशियनको सल्लाहअनुसार यदि बेलुकाको खानामा टमाटरको सस सेवन गरेमा कम्तिमा तीन घण्टापछि मात्र सुत्न जाँदा राम्रो हुन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार