Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय सभा बैठक

    सुकुम्बासीको समस्या समाधान गर्न भूमिसुधार लागु गर्नुपर्छ : वामदेव गौतम

    सुकुम्बासीको समस्या समाधान गर्न भूमिसुधार लागु गर्नुपर्छ : वामदेव गौतम

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले भूमिसुधारको व्यवस्था गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

    आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै एमाले उपाध्यक्ष गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताए ।



    ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनि हुने, अर्काथरि मानिसह? सुकुम्बासी हुँदैहुँदै जाने ? ,’ गौतमले प्रश्न गरे , ‘व्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।’



    जग्गामा व्यक्तिगत स्वामित्व कायम रहेसम्म भूमिहीन बन्ने प्रक्रिया जारी रहने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार