Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मेसीको स्वागतका लागि पिएसजीले आइफिल टावर बुक गर्‍यो !

    मेसीको स्वागतका लागि पिएसजीले आइफिल टावर बुक गर्‍यो !

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 3.4K
    SHARES

    एजेन्सी । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले बार्सिलोनालाई ‘गुडबाइ’ गरेका छन्। पत्रकार सम्मेलनमा भावुक हुँदै मेसीले आफू फरक तरिकाले बिदा हुने चाहेको बताएका छन्।

    हाल बार्सिलोनापछि मेसीको नयाँ गन्तव्यका रुपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)लाई हेरिएको छ। बार्सिलोनालाई बिदाइ गर्दै गर्दा पत्रकारले उनलाई अब पिएसजीबाट फुटबल खेल्ने हो भनी प्रश्न सोधको थिए। जवाफमा मेसीले हाल कोहीसँग कुनै सम्झौता नभएको बताएका छन्।



    ‘यो सम्भाव्यता हो,’ मेसीले भने, ‘पिएसजी सम्भाव्यता हो। यो समयमा मैले कसैसँग केही सम्झौता गरेको छैन।’ ‘अहिलेसम्म कुनै सहमति भएको छैन। तर, छलफल भइरहेको छ,’ उनले भने, ‘धेरै क्लबहरु इच्छुक छन्।’



    पिएसजीले मंगलबारका लागि आइफिल टावर बुक गरेको छ। कतिपय मिडिया रिपोर्टले मेसीलाई क्लबमा अनुबन्ध गरिएको घोषणा गर्न उक्त दिन आइफिल टावर बुक गरिएको हो। मेसीले पनि छलफल भइरहेको बताएसँगै उनी पिएसजी जाने लगभग पक्का भएको अनुमान गरिएको छ।

    मेसीले भावुक हुँदै भने– ‘म एकदिन यहीँ फर्किनेछु, मेरो बच्चाहरुसँग कसम खाएको छु’

    लियोनल मेसीले पत्रकार सम्मेलनमा आफू एक दिन बार्सिलोनामा नै फर्किने बताएका छन्। बार्सिलोनामा भएको पत्रकार सम्मेदनमा भावुक बनेका मेसीले आफूले बार्सिलोनामा फर्किन्छु भनेर बच्चाहरुको कसम खाएको बताए।

    ‘यो निकै कठिन भएको छ, फ्यानहरुबिनाको डेढ वर्ष। म फरक तरिकाले गुडबाइ भन्न चाहँन्थे,’ उनले भने।

    ‘मैले शुरुदेखि अन्त्यसम्म सबै कुरा दिएको छु,’ मेसीले थपे, ‘आशा छ म एकदिन फर्केर आउनेछ। मैले मेरो बच्चाहरुको कसम खाएको छु। म यो क्लबलाई उत्कृष्ट बनाउन सहयोग गर्नेछु।’

    पत्रकार सम्मेलनमै धुरुधुरु रोए लियोनल मेसी, सहकर्मीहरुको आँखामा थामिएन आँशु

    २१ वर्षपछि बार्सिलोना छोडेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी पत्रकार सम्मेलनमा भावुक भएका छन्। क्लब छाडेको विषयमा आफ्नो धारणा राख्न पत्रकार सम्मेलनमा गएका मेसीले रुँदै बार्सिलोनालाई ‘गुडबाइ’ भनेका छन्।

    उनी सबैको अगाडि धुरुधुरु रोएका थिए। उनको आँखामा आँशु देखेपछि बार्सिलोनाका सहकर्मीहरुको आँखामा पनि आँशु भरिएको थियो। पत्रकार सम्मेलनको पूरै माहोल नै भावुक बनेको थियो।

    करियरको शुरुवात नै बार्सिलोनामा गरेका मेसी ला लिगाको नियमका कारण बार्सिलोना छोड्न बाध्य भएका हुन्। यसैबीच अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको सम्भावित गन्तव्यका रुपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) लाई हेरिएको छ।

    उनी पिएसजी जाने सम्भावना धेरै रहेको मिडिया रिपोर्टहरुमा दाबी गरिएको छ। यसैबीच पिएसजीका मुख्य प्रशिक्षक माउसियो पोचेटिनोले मेसी क्लबमा आउनेबारे आफ्नो प्रतिक्रिया दिएका छन्। पोचेटिनाले मेसीको नाम अन्य धेरै क्लबहरुसँग जोडिएको भन्दै खेलाडी क्लबको निसानामा रहेको बताएका छन्।

    ‘मेसीको नाम अन्य धेरै क्लबहरुसँग जोडिएको छ, त्यहाँ धेरै हल्लाहरु भइरहेको छ,’ उनले भने, ‘आउने दिनहरुमा के हुन्छ हेरौं। खेलाडी क्लबको निसानामा छन्।’

    पिएसजीले घरेलु लिग वानमा विजयी शुरुवात गरेको छ। पहिलो खेलमा ट्रोयसलाई २–१ गोलले पराजित गरेको छ। पिएसजीको जितमा अच्राफ हाकिमी र माउरो इकार्डीले गोल गरे भने ट्रोयसका लागि ओउवालिड इल हजामले एक गोल गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार