Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्याङ्जाका उपप्रमुखसहित १० जना जुवाखालबाट पक्राउ

    स्याङ्जाका उपप्रमुखसहित १० जना जुवाखालबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 2.5K
    SHARES

    स्याङ्जा । जिल्ला समन्वय समिति(जिसस) स्याङजाका उपप्रमुख दिलीपकुमार बगालेसहित १० जना जुवाखालबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षकलगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।



    एसपी बोगटीका अनुसार उनीहरुलाई वालिङ–९ क्याम्पसरोडबाट तास खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ३५ हजार ९ सय ५० रुपैयाँ र तास बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार