Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गृह सचिवमा टेकनारायण पाण्डेको सरुवा, रक्षामा बेगेन्द्र शर्मा पौड्याल

    गृह सचिवमा टेकनारायण पाण्डेको सरुवा, रक्षामा बेगेन्द्र शर्मा पौड्याल

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 2.2K
    SHARES

    मकाठमाडौं । सरकारले सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहेका पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिएको हो । त्यसैगरी मन्त्रिपरिषद् बैठकले बेगेन्द्र शर्मा पौड्याललाई रक्षा सचिवको जिम्मेवारी दिएको छ । पौड्याल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा थिए ।

    प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्यालको भने सञ्चार मन्त्रालयमा सरुवा भएको छ भने प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ ।



    त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार