Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डेब्यू गर्न तयार मेसी पिएसजीको टोलीमा किन परेनन् ? मेसी स्वयम् र प्रशिक्षकले यसो भने

    डेब्यू गर्न तयार मेसी पिएसजीको टोलीमा किन परेनन् ? मेसी स्वयम् र प्रशिक्षकले यसो भने

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 2K
    SHARES

    एजेन्सी – फ्रेन्च लिग ‘लिग वान’मा पेरिस सेन्ट जर्मन(पिएसजी)ले शनिबार राति स्ट्रार्सबर्गको सामना गर्दैछ। उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछन्।

    पिएसजीमा आबद्ध भएसँगै अर्जेन्टाइन कप्तान लियोनल मेसीले यो खेलमा डेब्यू गर्ने बताइएको थियो। तर स्ट्रासबर्गविरुद्धको खेलको शुरुवाती टोलीमा मेसीको नाम समावेश छैन। यससँगै उनका समर्थकहरुले ऐतिहासिक डेब्यूको प्रतिक्षा गर्नुपर्ने भएको छ।



    सो खेलमा मेसी नपर्नुको कारण पूर्णरुपले तयार नहुनुलाई मानिएको छ। दुईदिनमात्र सहकर्मीहरुसँग ट्रेनिङ गरेका मेसीलाई मैदान उतार्न प्रशिक्षक माउरिसियो पोचेटिनोले हतार नगर्ने भएका छन्।



    यसो त मेसीले पिएसजीको अर्को खेलमा पनि डेब्यू नगर्ने सम्भावना रहेको छ। उनी अगस्ट २९ मा हुने रेइम्सविरुद्धको खेलमा पहिलोपटक पिएजसीको जर्सीमा देखिने बताइएको छ। यदि सो खेलमा भएन भने सेप्टेम्बर १२ मा क्लेर्मोन्ट फुटविरुद्ध उनी मैदान उत्रिने अन्तर्राष्ट्रिय खेल समाचार संस्था गोल डटकमले उल्लेख गरेको छ। अगस्ट २० मा हुने ब्रेस्टविरुद्धको खेलमा उनलाई डेब्यू गराउन हतार हुने बताइएको छ।

    ‘मलाई डेब्यूबारे थाहा छैन,’ सम्झौताको बेला उनले भनेका थिए, ‘म छुट्टीबाट भर्खर फर्किएको छु। म महिना दिनदेखि आराम गरिरहेको छु।’

    प्रशिक्षक पोचेटिनोले लियो भर्खर छुट्टीबाट फर्किएका कारण तत्काल मैदान उतार्न नहुने बताएका छन्। ‘नयाँ खेलाडीहरुसँग घुलमिल हुन केही समय लाग्छ, यो उनका लागि बिल्कुल नयाँ अनुभव हो,’ पोचेटिनोले भने, ‘नयाँ ठाउँ, नयाँ सहकर्मी–सबै कुरा नयाँ। त्यसैले केही समय हतार नगरौं भन्ने सोचेका छौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार