Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म नभागेको भए तालिवानीले फाँसी दिन्थे : अशरफ गनी

    म नभागेको भए तालिवानीले फाँसी दिन्थे : अशरफ गनी

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका अपदस्त राष्ट्रपति अशरफ गनीलाई संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले शरण दिएको छ।

    गत आइतबार तालिबानले देशको राजधानी काबुल कब्जा गरेपछि देश छाडेर भागेका अफगानि राष्ट्रपति अशरफ गनी देश छोडेको चौथो दिन पहिलो पटक सार्वजनिक रुपमा देखिए । उनले भने ‘म यदि देश छोडेर नभागेको भए रक्तपात हुन्थ्यो । म आफ्नो देशमा यस्तो भइरहेको देख्न सक्दिनथें त्यसैले म हट्नुपर्यो । मलाई पनि फाँसीमा झुण्ड्याइन्थ्यो ।’



    ‘तालिबानसँग भएको सम्झौतामा यो प्रस्ट भनिएको थियो कि उनीहरु काबुल सहरभित्र आउने छैनन् । आइतबार दिउँसो मलाई मेरा गार्डले तालिबान राष्ट्रपति भवनको बाउन्ड्रीसम्म पुगिसकेको बताए, गनीले भने, ‘यदि म अफगानिस्तानमा बसेको भए देशका जनताले अर्का एक राष्ट्रपतिलाई खुलेआम फाँसीको फन्दामा झुण्डिरहेको देख्थे ।’



    गनीले पैसा लिएर भागेको आरोपमा पनि सफाइ दिंदै भने ‘म देशको पैसा लिएर आएको छैन । यो आरोप निराधार छ ।’ यसअघि गनीले देश छाड्दै गर्दा उनीमाथि पैसाले भरिएको चारवटा कार र हेलिकप्टर लिएर भागेको आरोप लागेको थियो ।

    संकटको स्थितिमा देश छाडेर भागेका गनीमाथि रुसले पैसा चोरको आरोप लगाएको हो । गनीलाई पक्राउ गर्न इन्टरपोल प्रहरीलाई आग्रह समेत गरिएको छ । ताजिकिस्तानस्थित अफगानिस्तान दूतावासले राष्ट्रपति गनी र उनका दुई सहयोगीलाई पक्राउ गरिदिन इन्टरपोल प्रहरीलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सत्तचारमाध्यमले जानकारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार