Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रेमिका फेल हुने डरले ब्रासहित उनकै कपडा लगाएर प्रेमीले दिए परीक्षा, यसरी खुल्यो पोल

    प्रेमिका फेल हुने डरले ब्रासहित उनकै कपडा लगाएर प्रेमीले दिए परीक्षा, यसरी खुल्यो पोल

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी – अफ्रिकी मुलुक सेनेगलमा एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ। प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने डरले प्रेमी आफैंले महिलाको लुगा लगाएर जाँच दिन गएका थिए।

    तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन्। तर चौथो दिन उनी पक्राउ परे। ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिन गएका थिए।



    म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा फेल हुने डर भएपछि म्बौपले योजना बनाएर प्रेमिकाको कपडा लगाएर उनी जाँच दिन गए। तीन दिन कसैले थाहा पाएन तर,चौथो दिन एक सुपरीवेक्षकलाई शंका लागेर अनुसन्धान गर्दा थाहा पाए पछि उनलाई प्रहरीसमक्ष बुझाइयो।



    प्रेमी तथा प्रेमिकाविरुद्ध ठगीको मुद्दा दर्ता गरिएको छ। उनीहरू दोषी ठहरिएमा पाँच वर्षका लागि कुनै पनि परीक्षामा भाग लिन पाउने छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार