Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ६ फिट अग्लो हाइट भएको प्रेमी खोज्दै हिँडेकी युवतीले भेटिन् युवक, कुराकानीमा के भयो ?

    ६ फिट अग्लो हाइट भएको प्रेमी खोज्दै हिँडेकी युवतीले भेटिन् युवक, कुराकानीमा के भयो ?

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । एउटी केटी आफ्नो लागि अग्लो उचाइ भएको प्रेमी चाहन्थिन् । यद्यपि उनको आफ्नो उचाइ भने निकै कम थियो । कुराकानीमा युवतीले आफूलाई करिब ६ फिट वा सोभन्दा उचाइको प्रेमी चाहिने बताइन् । योभन्दा कम उचाइका केटाहरू उनलाई मन पनि नपर्ने बताइन् । भर्खरै उनले एक केटाबाट यस्तो जवाफ पाएकी छिन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    वास्तवमा, ‘रेडीट’मा एक पुरुषले आफू भन्दा धेरै अग्लो पुरुषलाई डेट गर्न चाहने केटीलाई कस्तो प्रतिक्रिया दिएका छन्। उनको यो जवाफ भारतीय मिडियामा  निकै भाइरल भइरहेको छ।



    केटाले केटीलाई यस्तो जवाफ दियो !



    एक जना केटाले ‘डेटिङ एपमा’ एउटी केटीलाई भेटेको बताएका छन् । कुराकानी सुरु भएको केही समयपछि केटीले उहाँलाई कति अग्लो हुनुहुन्छ भनेर सोध्छिन् ।  केटाको उचाइ ६ फिट ३ इन्च भएको थाहा पाउने बित्तिकै उनले खुसी व्यक्त गर्दै यो एकदम सही उचाइ भएको बताइन् । केटीको कुरा सुनेपछि केटाले ‘सुन्दर’लाई मात्र प्राथमिकता दिएको बुझे । यस्तो अवस्थामा केटाले पनि केटीको उचाइ जान्न चाहन्थे । तर उनले युवतीलाई उनको उचाइको बारेमा सोध्दा उनको उचाइ ५ फिट १ इन्च मात्र रहेको थाहा भयो । जसमा केटाले जवाफ दियो कि हामी दुबैको लम्बाईमा धेरै फरक छ र यति दुरीमा हाम्रो जोडी परफेक्ट बन्न सक्दैन ।

    यो जवाफ सुनेर युवती स्तब्ध भइन् र सोधिन् कि लम्बाइको कारणले उसलाई अस्वीकार गर्दै हुनुहुन्छ ? त्यसमा केटाले केटीलाई आफ्नो गल्तीको अहसास गराए र भने– ‘उनले पनि त्यस्तै गरिन् ! तपाईंले आफ्नो प्रोफाइलमा स्पष्ट रूपमा लेख्नुभएको छ – केवल 6 फिटका केटाहरू चाहिन्छ।

    केटाले यो कुराकानीको स्क्रिनसट सेयर गरेको छ, जसमा ‘रेडीट’प्रयोगकर्ताहरूले प्रतिक्रिया दिइरहेका छन्। अधिकांश प्रयोगकर्ताहरूले केटाको पक्ष लिएका छन् र केटीले ‘सही जवाफ’ दिएकोमा प्रशंसा गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार