Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तालिबान आतंक : बच्चाको मुखमा कपडा बाँधेर बाथरुममा लुक्छन् काबुलमा फसेका मानिसहरु

    तालिबान आतंक : बच्चाको मुखमा कपडा बाँधेर बाथरुममा लुक्छन् काबुलमा फसेका मानिसहरु

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 4.4K
    SHARES

    काठमाडौं । सशस्त्र विद्रोही समूह तालिवानले अफगानिस्तानको सम्पूर्ण राज्यहरुमा कब्जा गरेर सत्ता हातमा लिएपछि त्यहाँका मानिसहरु तालिबानसँग त्रसित भएका छन्।

    काबुलमा फसेको एक परिवारले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘उनीहरु यतिसम्म त्रसित छन् कि सडकमा कुनै गाडी देखिनासाथ बाथरुमभित्र लुक्ने गरेको र घरको बत्ती, मोवाइल फोन समेत बन्द गरेर उनीहरु आफूलाई बाथरुममा कैद गर्छन् । बच्चाहरुको आवाज नसुनियोस भनेर उनीहरुको मुखमा कपडा बाँधिदिन्छन् ।



    समाचारका अनुसार यो परिवारका २ सदस्यलाई गत वर्ष तालिबानले मारिदिएका थिए त्यसैले तालिबानको संकेत पाउनासाथ यो परिवार अत्यन्तै त्रसित हुन्छन् । काबुलमा फसेका यस्ता परिवारको जो आफन्त अन्य देशमा छन् उनीहरु आ–आफ्नो सरकारसँग सहयोगको अपिल गरिरहेका छन् ।



    अफगानिस्तानमा तालिबानी शासनको बीच काबुल विमानस्थल अस्तव्यस्त बनेको छ । सबै देश आफ्ना नागरिकलाई त्यहाँबाट निकाल्ने काममा जुटेका छन् ।

    काबुलमा मात्र अमेरिकी दूतावासको रेकर्डले १,५२२ व्यक्तिको डिसेम्बर र जुलाईको बीच लक्षित हत्यामा मृत्यु भएको देखाउँछ । तर, तालिबानले उक्त रेकर्डमा भएको  मृत्युको लागी आफुहरुलाई दोषी ठहराउँदैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार