Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रहरीको चलाखी : आफैं ग्राहक बनेर गए, वेश्यावृत्तिमा संलग्न हाइप्रोफाइल मोडल पक्रिए

    प्रहरीको चलाखी : आफैं ग्राहक बनेर गए, वेश्यावृत्तिमा संलग्न हाइप्रोफाइल मोडल पक्रिए

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 5.8K
    SHARES

    एजेन्सी – कानुनले निषेध गरेका कार्यहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले विभिन्न उपायहरु अपनाउछन्। कानुनविपरीतका कार्य गर्नेलाई नियन्त्रणमा लिन कहिलेकाही प्रहरीले ‘फण्डा’ पनि गर्ने गरेको छ।

    हाल भारतीय प्रहरीले देखाएको चलाखीको विश्वभर प्रशंसा भइरहेको छ। वेश्यावृत्तिमा संलग्न हाइप्रोफाइल मोडललाई पक्राउ गर्न प्रहरी आफैं ग्राहक बनेको गएको समाचार बाहिरिएको छ।



    मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल वेश्यावृत्तिको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी हुन्। उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरुकहाँ पठाउने गरेको बताइएको छ।



    भारतीय सञ्चारमाध्यमका अनुसार उनले लाखौंको डील गर्ने गरेको पाइएको छ। यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चका प्रहरी नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए।

    इशाले ग्राहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएकी थिइन्। उक्त स्थानमा इशा खान अन्य दुई मोडेलहरुलाई पुगेकी थिइन्। त्यसपछि प्रहरीले उनीहरु सबैलाई नियन्त्रणमा लिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको र यस्ता कार्यहरुमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार