Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बार्सिलोना शीर्षस्थानमा

    बार्सिलोना शीर्षस्थानमा

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोनाबारे एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ। शनिबार राति भएको खेलमा बार्सिलोना र बिल्बाओले १–१ गोलको बराबरी खेलेका हुन्।

    बार्सिलोनाका लागि मेम्फिस डिपाइ र बिल्बाओका लागि इनिगो मार्टिनेज गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।



    दोस्रो हाफ शुरु भएको केही समयमा नै बिल्बाओले शुरुवाती अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाएका थिए।



    खेलको पछि परेको बार्सिलोनाले लामा गोलका लागि ठूलो संघर्ष गर्नुप¥यो। खेलको ७५ औं मिनेटमा डिपाइले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए।

    स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। दुई खेलपछि बार्साको ४ अंक रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार