Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाली क्रिकेट टोली ओमान प्रस्थान

    नेपाली क्रिकेट टोली ओमान प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको हो।

    १७ खेलाडी र पदाधिकारीसहित २२ जना लानम एअरबाट ओमान प्रस्थान गरेका हुन्। नेपालमा रहँदा टोलीले आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा म्याच सिनारियोसहित अन्तिम प्राक्टिस गरेको थियो।



    नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० (भदौ २८ देखि असोज ४ गते) सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ। आइसीसीले खेल तालिका भने सार्वजनिक गरिसकेको छैन। तर हरेक टिमले अर्को टिमसँग दुई–दुई खेल खेल्नेछन्।



    त्यसअघि नेपालले ओमनमै पीएनजीसँग दुई वटा ओडिआई खेल खेल्नेछ। नेपाल र पीएनजीबीचको खेल सेप्टेम्बर ५ र ८ तारिखमा (भदौ २० र २३ गते) ओमानमै हुनेछ।

    नेपाली टोली

    ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर र विक्रम सोब।

    टिम पदाधिकारी

    मुख्य प्रशिक्षक : डेभ वाटमोर

    व्यस्थापक : मोहम्मद दाउद अन्सारी

    टेक्निकल एनालिस्ट : रमन शिवाकोटी

    फिजियो : विक्रम न्यौपाने

    ट्रेनर : राकेश काशिभाई गोहित

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार