Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • क्यारिकेचरको चर्चापछि भरतमणीको गेटअप नै चेन्ज, पूर्व युवराज बन्दा युट्युवको ट्रेन्डिङमा

    क्यारिकेचरको चर्चापछि भरतमणीको गेटअप नै चेन्ज, पूर्व युवराज बन्दा युट्युवको ट्रेन्डिङमा

    अनलाइन नेपाल
  • शनिबार, १२ भाद्र २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । आज प्रशारण हुने कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ मा भरतमणि पौडेलको नयाँ रुप देखिने भएको छ । पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रैको क्यारिकेचर गरेर चर्चामा छाएका पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा देखिने भएपछि उनको चर्चा झन बढेको छ ।

    आज बेलुका प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका हुन् । बिहीबार सार्वजनिक गरिएको नयाँ ट्रेलरमा भरतमणिको पूर्व युवराज शाहको गेटअपको छोटो प्रस्तुति समेत समेटिएको छ । शाहकै हाउभाउमा उनले प्रस्तुति समेत दिएका छन् । जुन ट्रेलर युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ ।



    ‘कमेडी च्याम्पियन २’ को अहिले उत्कृष्ट ४ प्रतिस्पर्धा चलिरहेको छ । पौडेलसहित उत्कृष्ट ४ मा बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा पनि छन् । आज उत्कृष्ट तीन छानिनेछन् ।



    नेकपा एमालेका प्रवक्ता एवम् पूर्व मन्त्री योगेश भट्टराईले समेत भरतमणीलाई जिताउन आग्रह गरिरहेका छन् । कमेडी गर्ने शैली र हाउभाउका कारण भरतमणी सिजन २ को दाबेदार समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार