Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तालिवानले भन्यो – शीर्ष नेता मुल्ला हिब्तुल्लाह चाँडै सार्वजनिक हुँदैछन्

    तालिवानले भन्यो – शीर्ष नेता मुल्ला हिब्तुल्लाह चाँडै सार्वजनिक हुँदैछन्

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। तालिबानले शीर्ष नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादा कन्दाहारमा रहेको र छिट्टै सार्वजनिक रुपमा देखा पर्ने वताएको छ ।

    मुल्ला हिब्तोल्लाह कान्दाहारका एक धार्मिक विद्वान हुन् जो २०१६ मा अफगान तालिबानका प्रमुख बने। उनले तालिबानको दिशालाई बदले ।



    तालिबानका एक नेताले भने, ‘उहाँ इस्लामी नेताहरु मध्ये एक हुनुहुन्थ्यो जसले अफगानिस्तानको दशकमा  रूसी सेनाको विरोध गरे , तर उनको छवि एक सैन्य कमाण्डर भन्दा एक धार्मिक नेताको हो।’



    तालिबानको राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल घनी बरादर पनि काबुलबाट कान्दाहार फर्किएका छन्।

    मुल्ला अब्दुल घनी बरादर चार पुरुष मध्ये एक हुन् जसले १९९४ मा तालिबान गठन गरे।

    अगस्त १५ मा तालिबानले काबुल नियन्त्रणमा लिएपछि निर्वासनमा रहेका मुल्ला बरादर सहित धेरै तालिबान नेता अफगानिस्तान फर्किएका छन्।

    यसैबीच, तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार गठनका लागि वार्ता चलिरहेको  र यो चाँडै घोषणा गरिने वताए ।

    यस्तो स्थितिमा, धेरै मानिसहरु अब जान्न चाहान्छन् मुल्ला हिब्तुल्लाह  राजनीतिक रुपमा अगाडि आएभने के भन्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार