Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने

    परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठक दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ ।

    बैठकले दलको तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले दलको बिधान शंशोधनको शिफारिस गर्न अधिबक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोबिन्द नाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट सम्मिलित समिति गठन गरेको छ ।



    त्यसैगरी महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थानीय क्षेत्रमा संयोजक तोक्न शिफारिस समिति पनि गठन गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । परिवार दलको पचास हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५०० प्रतिनिधिले महाधिवेशनमा श–शरीर वा अनलाइनको माध्ययमवाट सहभागी जनाउने महामन्त्री बिनोद डाँगीले जानकारी दिए । बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो ।



    केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टी संग सहकार्य गर्दा धोका खानु परेको बताउदै आगामी निर्बाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शशक्त सहभागी हुने उल्लेख गरे ।

    अध्यक्ष ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार