Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कम्बोडियाको टेलिकममा ओलीको लगानी र एकनाथ ढकाल कनेक्सन !

    कम्बोडियाको टेलिकममा ओलीको लगानी र एकनाथ ढकाल कनेक्सन !

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 35.7K
    SHARES

    काठमाडौं । अनुमति नै नपाएको बी एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले कम्बोडियाको टेलिकममा कम्पनीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको सार्वजनिक अभिब्यक्ति दिएपछि एमाले नेता–कार्यकर्ताले उनका बिरुद्ध सामाजिक संजालमा गालीको बर्षा गरिरहेका छन् ।

    पार्टी कब्जा गरिसकेपछि भएको एमालेको दसौं महाधिवेशनमा ‘सोह्र सत्र थाहा छ, बन्दसत्र थाहा छैन’ भन्ने प्रसाईंलाई ओलीले केन्द्रीय सदस्य बनाएर थिए । पार्टीमा दुःख गरेका र जेलनेल भोगेकालाई बेवास्ता गरी प्रसाईलाई केन्द्रीय सदस्य बनाउनुपर्नाको कारण के थियो ? यो पनि एमालेजनले खोज्न ढिला भइसकेको छ ।



    हावा नचली पात हल्लिंदैन भन्ने नेपाली उखान छ । कम्बोडियाको टेलिकममा ओलीको लगानी भएको बिषय प्रसाईले हचुवाका भरमा त पक्कै भनेका होइनन् होला । माओवादी भएर ससुराली गिरी खलकको हदबन्दीको जग्गा कब्जा गरी मेडिकल कलेज खोलेका प्रसाईलाई ओलीले पार्टीमा लगेर केन्द्रीय सदस्य बनाएका थिए । ओलीसँग अन्तरंग सम्बन्ध भएका प्रसाई झापाबाट सांसदमा टिकट पाउने आशामा थिए ।



    तर नपाएपछि ओलीसँग रुष्ट भएर राजावादी भएका थिए । राजावादी भएपछि पार्टीका नेता र मारवाडी ब्यापारीबिरुद्ध अभिब्यक्ति दिंदै हिंडेका उनलाई महेश बस्नेतको निर्देशनमा युवासंघका कार्यकर्ताले कालोमोसो दलेपछि उनले ओलीको पोल खोल्न थालेका छन् । त्यही पोल खोलाखोलको क्रममा ओलीले नीतिगत भ्रष्टाचार गरेको अरबौं रुपैयाँ कम्बोडियाको टेलिकममा लगानी गरेको अभिब्यक्ति दिएका छन् ।

    कम्बोडियाको टेलिकममा ओलीले एनसेलका नेपाली लगानीकर्ता सतिशलाल आचार्यमार्फत् गरेको उच्च स्रोत बताउँछ । सतिशलाल र सचिनलालले अफ्रिकादेखि एशियाका कम विकसित देशमा टेलिकममा लगानी गरेका छन् । नेता र कर्मचारीहरुको भ्रष्टाचारबाट आर्जित कालोधन समेत उनीहरुले टेलिकम सेक्टरमा लगानी गरेका छन् ।

    २०७२ मा प्रधानमन्त्री हुँदा ओलीले एनसेलको ७२ अर्ब पूँजीगत लाभकर छलीमा आचार्यलाई सहयोग गरेका थिए । त्यहीबेलादेखि आचार्यको ओलीसँग घनिष्ठता रहँदैआएको छ । त्यही घनिष्ठताको लाभ उठाउँदै ओलीले उनीमार्फत् कम्बोडियाको टेलिकममा लगानी गरेको बिषय दुर्गा प्रसाईलाई थाहा भएकाले उनले त्यो रहस्य खोलिदिएका त होइनन् ? गम्भीर प्रश्न उठेको छ । यदि ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेका होइनन् भने दुर्गा प्रसाईलाई आफ्नो अभिब्यक्ति फिर्ता लिन वा पुष्टि गर्न कानुनी चुनौती दिनसक्नुपर्छ । ओलीले त्यसो पनि गरेका छैनन् ।

    एमालेका महासचिव, अखिल, युवासंघका अध्यक्षदेखि नेता कार्यकर्ताहरु ओलीको बचाउ र दुर्गा प्रसाईबिरुद्ध खनिएका छन् । तर उनको अभिब्यक्ति पुष्टि गर्न चुनौती दिन भने सकिरहेका छैनन् । कम्बोडियाको टेलिकममा ओलीको लगानी भएको बिषयमा सांसद एकनाथ ढकाल पनि जानकार भएकाले ओलीले उनलाई समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा सांसद बनाएका हुन् भन्ने तर्क पनि आउन थालेका छन् । एमालेमा त्याग गरेका र पुराना नेता कार्यकर्ताको बलि दिएर परिवारदलका ढकाललाई सांसद बनाउने बाध्यता ओलीलाई किन परेको थियो, दुर्गा प्रसाईले अहिले कम्बोडियाको टेलिकममा भएको लगानीबारे बोलेपछि खुल्न थालेको छ ।

    कम्बोडियामा गएको साउन ७ मा सम्पन्न भएको सातौँ राष्ट्रिय व्यवस्थापिकाको निर्वाचनमा ओली पर्यवेक्षणका लागि गएका थिए । विश्वका अधिकांश देशले मान्यता नदिएको कम्बोडियाको उक्त निर्वाचन पर्यवेक्षणमा नेपालका पूर्वप्रधानमन्त्री तथा दोस्रो ठूलो दलका अध्यक्ष ओली गएका थिए । उनलाई परिवार दलको अध्यक्ष भएर पहिलो नम्बरमा एमालेको समानुपातिक सांसद भएका एकनाथ ढकालले कम्बोडिया लगेका थिए । ओलीसँगै ढकाल पनि कम्बोडिया गएका थिए ।

    लगानी भएकै कारण ओली उक्त निर्वाचनमा पर्यवेक्षणको बहाना बनाएर कम्बोडिया गएको अनुमान दुर्गा प्रसाईले दिएको अभिब्यक्तिपछि गर्न थालिएको छ । त्यसो त हिमालयन एयरलाइन्समा समेत ओलीको लगानी भएको चर्चा हुने गरेको छ । जबकि हिमालयन एयरलाइन्समा चीनको लगानी रहेको भन्ने गरिएको छ । तर उक्त एयरलाइन्समा पनि चीनको होइन, ओलीको लगानी रहेकाले उनी प्रधानमन्त्री हुँदा राजकीय भ्रमणमा जाँदा पनि सोही एयरलाइन्सको विमान लगेका थिए ।

    ओलीको शासनकाल, सबैभन्दा बढी नीतिगत भ्रष्टाचार
    केपी शर्मा ओली करिब ४ बर्ष प्रधानमन्त्री हुँदा नेपालमा सबैभन्दा बढी नीतिगत भ्रष्टाचार भएका छन् । नेपालीलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउने थालनी ओली प्रधानमन्त्री हुँदैदेखि भएको हो ।

    ओली प्रधानमन्त्री हुँदा गिरीबन्धु टी स्टेट ३४४ बिगाहा जग्गाको हदबन्दीे फुकुवामा अरबौंको चलखेल भएको बिषयले संसददेखि सदनसम्म अहिले पनि चर्चा पाइरहेको छ । नेपाल टेलिकमको फोरजी सेवा विस्तारको ठेक्कामा ८ अर्ब भ्रष्टाचार भएको बिषय सार्वजनिक भएको थियो । एनसेलले ६ अर्बमा विस्तार गरेको फोरजी नेपाल टेलिकमले १८ अर्बमा ठेक्का दिएको थियो । एनसेलले देशभर ६ अर्बमा गरेको फारेजी सेवा विस्तार गरेको थियो । टेलिकमले त्यही सेवा १८ अर्ब रुपैयाँमा हुवावेलाई ठेक्का दिएको थियो । एनसेलको फोरजी सेवाको ठेक्का पनि हुवावेले नै पाएको थियो ।

    स्वीडेनको टेलियासोनेराले मलेसियाको अजियटा कम्पनीलाई एनसेलको बिक्री गर्दा ७२ अर्ब रुपैयाँ लाभकर छली भएको थियो । आन्तरिक राजस्व बिभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा र ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले लाभकर छली गर्ने टेलियासोनेराका संचालकलाई स्थलमार्गबाट भगाउने काम गरेका थिए ।

    जसलाई तत्कालीन प्रधानमन्त्री ओलीले नै साथ दिएका थिए । विकास समितिका तत्कालीन सभापति स्व. रविन्द्र अधिकारीलाई समेत ओलीले नै एनसेलको लाभकरछलीको बिषयमा अगाडि नबढ्ु्न दबाब दिएका थिए । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनपछि नागरिक समाज र मिडियाको खबरदारीका कारण एनसेलले लाभकरको केही रकम तिरे पनि ४० अर्ब जति तिरेन । ओलीले फाइल बालुवाटारमा लगी लाभकरको बिषयलाई छायाँमा पार्ने काम गरेका थिए ।

    हयात रिजेन्सी होटलले गैरकानुनीरुपमा तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हडपेको र थप १४८ रोपनी जग्गाको सेयर ३९ प्रतिशतबाट घटाएर ९ प्रतिशतमा ल्याएकोबारेमा संसदको अन्तर्राष्ट्रिय समितिले उपसमिति गठन ग¥यो । तत्काल १५० रोपनी जग्गा सरकारकै नाममा फिर्ता गर्न र होटलको डीडीए गरी नाफाघाटा के हो एकीन गरी सरकारको सेयर विवाद समाधान गर्न निर्देशन दियो । त्यो निर्देशन पनि तत्कालीन प्रधानमन्त्री ओलीले कार्यान्वयन गरेनन् । हयात रिजेन्सी होटलका संचालकले ओलीलाई सेटलमेन्ट गरी उक्त निर्देशन नै कार्यान्वयन हुन दिएनन् ।

    त्यसका अलावा वाइडबडी विमान खरिद प्रकरण, गोकर्ण फरेस्ट रिसोर्ट लिज प्रकरण, नेपाल ट्रष्टका दरबारमार्ग लगायतका स्थानका जग्गा कौडीका मूल्यमा दिएको बिषय, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुटजस्ता भ्रष्टाचार पनि ओलीकै पालामा भएका थिए ।

    स्वास्थ्य सामग्री खरिद प्रकरण, निकुञ्जभित्र जलविद्युत आयोजना बनाउन अनुमति, ढुंगा, गिट्टी, बालुवा निकासी, स्मार्ट टेलिकमको म्यादथप लगायतका प्रकरण पनि ओलीकै शासनकालमा भएका हुन् ।

    जग्गा नै अधिग्रहण नगरी रेलमार्ग काँकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का सेटिङमा दिने तयारी ओलीले गरेका थिए । तर मिडियाले यो बिषयलाई ब्यापक रुपमा उठाएपछि १० अर्बभन्दा बढी भ्रष्टाचार गर्ने योजना तुहिएको थियो । रेल विभागका अधिकारीहरु ललिता निवासमा जस्तै २२ बर्षपछि जेल जाने डरले उक्त ठेक्का रद्द गर्न बाध्य भएको थिए । – दृष्टि साप्ताहिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार