Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन सांसद ढकालको माग

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन सांसद ढकालको माग

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन सरकारसँग माग गरेका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् । सांसद ढकाल नेपाली भूमिमा भारतले सुरक्षाकर्मी राखेर हवाइ यात्रुको खानतलासी गर्ने गरेको बताए ।



    सांसद ढकालले भने, ‘सार्वभौमसम्पन्न राष्ट्रको लागि यो कति स्वाभाविक विषय हो ? प्रधानमन्त्री भारत भ्रमण गर्न जाँदै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’



    ढकालले हवाई यात्रुलाई नेपाली सुरक्षा निकाय र विमानस्थल प्रशासनले सुरक्षा पास गरेपछि पनि एयर इन्डियामा जानु पहिले भारतीय सुरक्षाकर्मीले शरीरको खानतलासी गर्ने गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार