Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सांसद ढकालको प्रश्न – विस्तृत शान्ति सम्झौताको सक्कल प्रति को सँग छ ?

    सांसद ढकालको प्रश्न – विस्तृत शान्ति सम्झौताको सक्कल प्रति को सँग छ ?

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 816
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

    ढकालले शान्ति सम्झौताको एक प्रमुख हस्ताक्षरकर्ता तेस्रो पटक प्रधानमन्त्री हुँदा पनि सङ्क्रमणकालीन न्यायमा प्रगति हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुुन्।



    आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ र कोसँग छ ? भन्दै प्रश्न समेत गरे ।



    उनले भने,‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरूबाट र ६० हजारभन्दा धेरै उजुरीहरू प्राप्त गरेको भए पनि हालसम्म एउटा पनि अनुसन्धान सम्पन्न गर्न सकेको छैन ।

    म यस विषयमा सङ्क्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउने सम्भावनाप्रति सचेत रहन र यसलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

    सङ्क्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

    त्यसयता शान्ति प्रक्रियाको विभिन्न चरण पार गर्दै संविधानसभा मार्फत संविधान जारी गरी त्यसयता दुईवटा आम निर्वाचन भइसक्दा पनि संक्रमणकालीन न्यायको काम नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार