Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • परमादेशी सरकारलाई हटाउन एमालेसँग गठबन्धन गरेका हौं : एकनाथ ढकाल

    परमादेशी सरकारलाई हटाउन एमालेसँग गठबन्धन गरेका हौं : एकनाथ ढकाल

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 978
    SHARES

    कैलाली । नेपाल परिवार दलमा केन्द्रीय अध्यक्ष एकनाथ ढकालले अहिलेको परमादेशी सरकारलाई हटाउन नेकपा एमालेसँग गठबन्धन गर्नु परेको बताएका छन् ।

    आइतबार धनगढीमा आयोजित प्रत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले परमादेशी सरकारलाई हटाउन र समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार गर्न गठबन्धन गर्नु परेको बताए ।



    उनले नेपाल परिवार दलको मतले मात्र सदनमा जान नसक्ने अवस्था भएपछि मत खेर जान नदिन पनि गठबन्धन गरेको बताए । एमालेसँगको तालमेल चुनावी मात्र नभई पाँच वर्ष अगाडिको भएको उनको भनाई छ ।



    यस्तै अध्यक्ष ढकालले एमाले ठुलो पार्टी भएकाले सिट बाँडफाँडमा तलमाथि भएको बताए । उनले भने ‘एमाले ठुलो पार्टी भएकाले प्रत्यक्षतर्फ चुनाव लड्न पाइएन नत्र मेरो प्रत्यक्षतर्फ लड्ने चाहाना हो ।’ एमालेको तर्फबाट उनी प्रतिनिधि सभातर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार