Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • शाहरुख खानको पारिश्रमिक सय करोड !

    शाहरुख खानको पारिश्रमिक सय करोड !

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 2K
    SHARES

    एजेन्सी – बलिउड अभिनेताहरुको पारिश्रमिक निकै महँगो छ। नाम चलेको अभिनेताले एउटा फिल्मका लागि औसतमा ५० देखि ६० करोडसम्म लिने गर्छन्।

    तर बलिउडका बादशाह शाहरुख खानले एक फिल्मका लागि एक सय करोड पारिश्रमिक लिएका छन्। उनले पठान फिल्मका लागि एक सय करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।



    रोमान्टिक तथा एक्सन फिल्ममा शाहरुखको रोमान्ससँगै एक्सन दृश्य हेर्न पाइन्छ। चलचित्रमा शाहरुखसँगै दिपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ।



    कोरोना महामारीका कारण बलिउड फिल्म नगरी सुनसान छ। तर विभिन्न अनालाइन प्लाटफर्ममार्फत फिल्म तथा सिरिजहरु रिलिज हुने क्रम रोकिएको छैन। हालै मात्र बलिउड खेलाडी अक्षयकुमारको फिल्म ‘बेलबटम’ रिलिज भएको छ।

    कोरोना महामारीको दोस्रो लहरपछि पहिलोपटक हलमा रिलिज गरिएको फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन। महामारी जारी रहेकै बेला अक्षयकुमारले उठाएको रिस्क उनलाई महँगो साबित भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार