Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आमासँग झगडा गरेर घरबाट निस्किएका नेपालीको शव भारतमा घाँटी रेटिएको अवस्थामा फेला

    आमासँग झगडा गरेर घरबाट निस्किएका नेपालीको शव भारतमा घाँटी रेटिएको अवस्थामा फेला

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 2K
    SHARES


    सिरहा । भारतको जयनगर नजिकै एक नेपाली युवकको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ। नेपालसँग सिमा जोडिएको भारतीय बजार जयनगरमा ४० वर्षीय दुखरण महराको शव फेला परेको हो।

    उनी सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका स्थायी बासिन्दा थिए। उनको शव पानीमा भेटिएको प्रहरलिे जानकारी दिएको छ।



    महराको धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिएका छन्।



    प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ। महरा बिहीवार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको बताइएको छ। मोटरसाइकल किन्ने विषयमा आमासँग झगडा गरेर उनी घरबाट निस्किएका थिए।

    आज बिहान बेवारिसे अवस्थामा शव भेटिएपछि भारतीय प्रहरीले उनको पकेटमा भेटिएको डायरीमा लेखिएको नम्बरको आधारमा मृतक नेपाली भएको पत्ता लगाएको थियो। भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर मृतकको परिवारले जानकारी गराएको प्रहरीले बताएको छ। उनको हत्या भएको हुन सक्ने आशंका अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार