Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफगान एयरलाइन्सद्वारा आन्तरिक उडान सुरु, के भन्छन् तालिबान ?

    अफगान एयरलाइन्सद्वारा आन्तरिक उडान सुरु, के भन्छन् तालिबान ?

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएकोे स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।

    ‘एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरूसम्मको उडान पुनः सुरु गरेको छ,’ टोलोन्युजले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ ।



    अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा समस्या रहेको बताउने गरिएको छ ।



    अर्को स्थानीय निजी विमान कम्पनी काम एयरले आफ्नो विमान काबुल विमानस्थलबाट इरानको मशहाद शहरमा सारेको समाचारमा जनाइएको छ ।

    तालिबानले अगष्ट १५ मा अफगानको राजधानी कब्जा गरेपछि काबुलमा अराजक स्थिति आउनसक्ने आशङ्पछि त्यहाँ उडान भरिरहेका स्वदेशी तथा विदेशी विमान कम्पनीले व्यवसायिक उडान गर्न रोकेका थिए ।

    सञ्चारमाध्यमहरूका अनुसार कतारको एक प्राविधिक टोली काबुल विमानस्थलमा उडान पुनः सुचारु गर्न मद्दत गर्न तयार छ । मानवीय सहायता लिएर संयुक्त अरब इमिरेट्सबाट ओहदाका अधिकारीहरू र अर्को विमान बोकेको कतारी विमान केही दिनअघि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार