Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकाले संरक्षण गरेको ताइवानको आकाशमा १९ वटा चिनियाँ लडाकु विमान

    अमेरिकाले संरक्षण गरेको ताइवानको आकाशमा १९ वटा चिनियाँ लडाकु विमान

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 4K
    SHARES

    एजेन्सी। चीनले आफ्नै एक छुट्टिएको प्रान्तका रूपमा हेर्दै आएको ताइवानको आकाशमा ठूलो जत्थामा चिनिया लडाकु विमान उडाएको छ । यद्यपी ताइवानले भने आफूलाई सार्वभौम राज्य मान्दै आएको छ । अमेरिकाको संरक्षणमा रहेको ताइवानले आइतवार चिनियाँ लडाकु विमानहरूको ठूलो जत्था आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको हो।

    ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता राख्ने विमान सहित १९ वटा लडाकु विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफीकेसन जोन’ भन्ने गरेको क्षेत्रमा प्रवेश गरेको बताएको छ।



    ताइवानको रक्षा मन्त्रालयका अनुसार चिनियाँ उडानमा चार वटा एच–६ बम हमला गर्ने बम्बर विमानहरू पनि थिए जसले परमाणु अस्त्र प्रहार गर्नुका साथै पनडुब्बीहरूलाई आक्रमण गर्न सक्छ।



    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा चीनले चेतावनी दिनका लागि क्षेप्यास्त्र प्रणाली तैनाथ गर्नुका साथै आफ्ना लडाकु विमानहरू उडाइएको मन्त्रालयले जनाएको उल्लेख गरेका छन् । यद्यपी चीनलले भने यस विषयमा आधिकारिक प्रतिक्रिया जनाएको छैन।

    गत हप्ता ताइवानको रक्षा मन्त्रालये चिनियाँ सैन्यले आफ्नो रक्षा प्रणालीलाई ‘काम नलाग्ने’ बनाइदिन सक्ने चेतावनी दिँदै चिनियाँ खतरा बढिरहेको बताएको थियो।

    चीनले ताइवानलाई आफ्नो हिस्सा ठान्छ र यसमा सामेल हुन सैन्य कारवाही गर्ने सम्भावना दोहोर्याइरहेको छ। यसअघि चीनले ताइवान र अमेरिकाबीचको सम्बन्धलाई लिएर कूटनीतिक तहमा आपत्ति जनाएर विरोध गरेको थियो। चीनले भन्दै आएको छ–अमेरिकाले यस टापुसँग सबै सम्बन्ध तोड्नु पर्छ।

    त्यसो त चैत ३० (अप्रिल १२) पनि चीनले ताइवानको आकासमा एकैपटक २५ वटा युद्ध विमान पठाएको थियो । त्यतिबेला पनि ताइवानको रक्षा मन्त्रालयले लडाकु र परमाणु–सक्षम बमवर्षक सहित २५ वटा चिनियाँ विमान आफ्नो ‘वायु’ रक्षा पहिचान क्षेत्रुमा प्रवेश गरेको जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार